• २०८३ असोज २७ गते मङ्गलवार

हेलिकोप्टरमा चिल ठोकिएपछि आपतकालीन अवतरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, बागलुङ । बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएर दुर्घटना भएको छ । कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासि चिल ठोक्किएर सिसा फुटेपछि नुवाकोटमा सुरक्षित अवतरण गरेको छ ।

हेलिकप्टरमा गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार रहेका थिए । वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस