• २०८३ भाद्र १६ गते मङ्गलवार

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, एजेन्सी। भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघेको छ । शुक्रबार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो । भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ ।

कोरोना संक्रमितहरु मध्ये ८८ लाख २ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । तथापि, भारतमा ५० हजार भन्दा कम व्यक्ति सक्रमित भएका आज २२औं दिन हो । भारतमा १३ करोड ९५ लाख ३ हजार ८०३ जना व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च ९आइसीएमआर० ले आइतबार जानकारी दिएको छ । हिजो अर्थात् नोभेम्बर २८ का दिनमा मात्र १२ लाख ८३ हजार ४४९ जनाको परीक्षण गरिएको आइसीएमआरले जनाएको छ । एएनआई

Sharing

प्रतिक्रिया दिनुहोस