• २०८३ कार्तिक १ गते शनिवार

मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ स्थित चम्फापुरमा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारको मृत्यु भएको छ ।

लु १२ प ५१५ नम्बरको मोटरसाइकलमा कञ्चनपुरको झलारी स्थित घरबाट कार्यरत प्रहरी चौकी दोधाराचादँनी झुलुङ्गे पुल जाने क्रममा प्रहरी हवल्दार बिष्ट र से १ च १४०६ नम्बरको ट्रक आइतबार दिउँसो एकापसमा ठोक्किदा प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ट्रक चालक लाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस