• २०८३ असार ५ गते शुक्रवार

सोरु गाउँपालिकामा सोमवार बाट बन्द विद्यालय खुलाउदै

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १४, मुगु । करिब लामो महिना सम्म बन्द रहेको जिल्लाको उतरी भेगमा पर्ने सोरु गाउपालिकाले यहि सोमवार अर्थात मंसिर १५ गते बाट गाउपालिका भित्रका सबै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।  मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको छ कि गाउँपालिका भरिका सबै सरकारी तथा निजि क्षेत्र बाट सञ्चालन भएका विद्यालयहरु खोल्ने निर्णय भएको सोरु गाृपालिकाले जनाएको छ ।

गाउपालिकाका अनुसार करिब आधा वर्षे सम्म देखि बन्द रहेका विद्यालयहरु अब स्वास्थ्य मापदण्ड अपनाई गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको सोरु गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार नियमित रुपमा पठन पाठन सरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको पनि अवगत गराउनु भयो । १२ मंसिर बसेको बैठकले सामाजीक सुरक्षा भत्ता अनिवार्य बैंक मार्फत मात्र भुक्तानी गर्नु पर्ने निर्देशन आएकाले ३ दिन भित्र सबै वडाका वडा सचिबलाई गाउँपालिकाको कार्यलयमा सम्पर्क गर्न निर्देशन समेत दिएको बताए ।

एकातिर विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्वनै आक्रान्त पारिरहेको अवस्थामा यहाका सरकारी तथा निजि विद्यालयहरु बन्द भएका थिए । पछिल्लो समय मुगु लगायत अन्य जिल्लाहरुमा विद्यालयहरु पठनपाठन गर्न सुरु गरे पछि सोरु गाउपालिकामा पनि अबका दिन बाट नियमित रुपमा पठनपाठन हुने सोरु गाउपालिकाका अध्यक्ष लोक बहादुर शाहीको बुझाई रहेको छ । कोभिड १९ ले गर्दा मुगु लगायत देश भरका विद्यार्थीहरुको पठनपाठनमा उत्तिकै प्रभावित भएको थियो ।

यो भन्दा अगाडी जिल्लामा पहिलो पटक मुगुम कार्मारोगं गाउपालिकाले स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गरेको थियो भने छायानाथ रारा नगरपालिका भित्रका विद्यालयहरु कहिले सम्म खुल्ने हुन भनि हाल सम्म कुनै चाँजो पाँजो नरहेको बताईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस