कात्तिक १३, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना देखिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार चार खेलाडीलाई कोरोना देखिएको जनाएको हो ।
राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको हो । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको छ ।भाे एन्फाले खेलाडीको नाम गोप्य नै राखेको छ ।