• २०८३ बैशाख ५ गते शनिवार

कोरना संक्रमित दुईको मृत्यु : प्रदेश न १

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, परदेश १। विराटनगरको कोशी अस्पताल र धरानको विपिकोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठानमा एक-एक जनाको मृत्यु भएको छ । मोरङको सुनबर्षी नगरपालिका ७ का ६८ बर्षका पुरुषको उपचारको क्रममा विपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा र सुनसी दुहवी ५ का ६० बर्षका पुरुषको कोशी अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएको हो।

अस्पतालका अनुसार असोज ५ गते कोरोना पुष्टि भएका सुनबर्षीका पुरुषको विराटनगर स्थित नोबेल मेडिकाल कलेजमा आइसियुमा उपचार भइरहेकोमा उनलाइ थप उपचारको लागि १० गते प्रतिष्ठानमा रिफर गरिएको थियो । धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मंगलबार विहान ३ बजे मृत्यु भएको हो । मृतक पुरुषलाई ज्वरो, खोकी, श्वासप्रस्वासमा समस्या साथै कोरोना पोजेटिभ भएको थियो । उनको पहिले देखिनै उच्च रक्तचाप मधुमेह , मृगौलाको दिर्गकालिन समस्या रहेको थियो ।

सुनसरीको पुरुषको पनि सोमबार ज्वरो खोकी र सासफेर्न समस्या भएर अस्पताल ल्यइएको थियो । सोमबार दिउसो मृत्यु भएको र उनको स्वावको रिपोर्ट रातीमात्र पोजेटिभ आएको कोशी अस्पताल विराटनगरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस