भदौ १३,कपिलवस्तु । कपिलवस्तुमा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौली बस्ने जैसराम अहिरको डेढ बर्षका छोराको घर नजिकै पानीको खाल्डोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।