• २०८२ साउन ४ गते शनिवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

श्रावण १४, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन ।

१.नेपाल टेलिकमका क्रियाशील युनियनहरू को संयुक्त संघर्ष समितिले विभिन्न माग राखि प्रवन्ध निर्देशकको कार्यकक्ष अगाडी धर्ना दिने ।
स्थान:-नेपाल टेलिकम भद्रकाली प्लाजा भद्रकाली ।
समय:-१०:०० बजे ।

२.सिंहदरबार भित्र तीन ठाउँमा पुरानो सामान्य प्रसासन मन्त्रालयको कम्पाउण्ड,केन्द्रीय सर्भिस सेन्टर अगाडि र संघीय संसद सचिवालयको पार्किङ अगाडि विभिन्न मन्त्रालयका कर्मचारीहरू र सिहदरबारका प्रहरी कर्मचारी हरुको PCR टेस्ट हुने ।
स्थन:-सिंहदरबार ।
समय:-१०:०० बजे ।

३.राज्य व्यबस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-११:०० बजे ।

४.covid-19 enough is enough group मा आवद्ध स्वतन्त्र युवाहरूले प्रधानमन्त्रीको कार्यालयमा र गृह मन्त्रालयमा Right to information (RTI) दर्ता गराउने ।
स्थान:-प्रधानमन्त्रीको कार्यालयमा र गृह मन्त्रालय,सिंहदरबार ।
समय:-१२:०० बजे ।

५.राष्ट्रिय कलाकार समुहले रुकुम पश्चिम चौरजहारी नरसंहार काण्डमा मृतकका परिवार र घाइतेहरुलाई संकलन गरेको सहयोग हस्तान्तरण कार्यक्रम गर्ने ।
स्थान:-रिपोर्टस् क्लव नेपाल,भृकुटी मण्डप ।
समय:-१२:४५ बजे ।

६.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

७.कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

८.अर्थ समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

९.covid-19 enough is enough group मा आबद्ध स्वतन्त्र युवा हरूले प्रधानमन्त्री,गृहमन्त्री र गृहमन्त्रालयका सचिव लगायतकाे सम्पत्ति छानबिन र भ्रष्टचार मुद्धा दर्ता गराउने ।
स्थान:-अख्तियार दुरूपयाेग अनुसन्धान आयोगकाे कार्यलय टंगाल ।
समय:-१४:०० बजे ।

१०.हाम्रो नेपाल हामी नेपाली सुशासनको लागि भ्रष्टाचार विरुद्ध अभियानले एसिड आक्रमणमा परेका पीडितहरूको न्यायका लागि र covid-19 enough is enough group मा आबद्ध स्वतन्त्र युवा सत्याग्राहीहरूको जीवन रक्षाको लागि प्लेकार्ड सहित ऐक्यबद्धता जनाउने ।
स्थान :-बसन्तपुर डबली ।
समय :-१६:०० बजे ।

११.राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले covid-19 enough is enough group मा आबद्ध स्वतन्त्र युवा सत्याग्राहीहरूको जीवन रक्षाको लागि ऐक्यबद्धता जनाउने ।
स्थान:-वसन्तपुर डबली ।
समय:-१८:०० बजे ।

१२.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान:-सानोठिमी क्याम्पस ।
समय:-२०७७/०४/७ गते देखि जारी ।

१३.covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि खुल्ला सत्याग्रह बसेको ।
स्थान:-वसन्तपुर डबली ।
समय:-२०७७/०४/०३ गतेको १२:३० बजे देखि जारी ।

१४.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१५.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१६.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस