असार १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या १३ हजार २४८ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएकाहरुमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । यस्तै कोरोना संक्रमणमुक्त हुनेमा बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना रहेका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचारत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।