• २०८३ बैशाख २८ गते सोमवार

दैलेखमा थप ८ जनामा कोरोना संक्रमण

भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, सुर्खेत । कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् । यसअघि दैलेखको आठबीसमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २ , २ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ । दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने बिहीबार मात्रै हालसम्म ८८ जना संक्रमित भेटिएका छन् ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस