• २०८३ बैशाख ३० गते बुधवार

चिनियाँ टोली र प्रचण्डबीच भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १३, काठमाडौँ । नेपाल भ्रमणका क्रममा रहेको चिनियाँ प्रतिनिधिमण्डलले प्रचण्ड–माधव खेमाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेको छ । प्रचण्डसँगको भेटका लागि चिनियाँ टोली सोमबार बिहान उनको निवास खुलमटार पुगेर झण्डै दुई घण्टा लामो वार्ता भएको हो ।

प्रचण्डसँगको वार्तापछि सो चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न बानेश्वर लागेको छ । यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा ओली समूहको नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो । उक्त टोलीले नेकपाका शीर्ष नेतालाई भेटेर नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस