• २०८३ बैशाख ९ गते बुधवार

अमेरिकामा एकैदिन १ हजार २१५ संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १३, एजेन्सी ।अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४१ हजार १३८ पुगेको छ ।

 त्यहाँ १ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७४० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख ९५ हजार ८७५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७७ लाख ३६ हजार ८३४ जनामध्ये २८ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस