• २०८२ असार ५ गते बिहिवार

विजुली नहुँदा प्रसुती सेवामा समस्या

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १२, मुगु । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने एक प्रसुती गृहमा विद्युत सेवा नहुँदा प्रसुति सेवा प्रदान गर्न समस्या भएको छ ।
मुगु कार्मारोङ्ग गाउँपालिकाको वडा नम्बर ८ माँग्रीमा रहेको स्वास्थ्य चौंकिमा रहेको सोलार विद्युत सेवामा समस्या आए पछि विद्युत सेवा बन्द भएको पाईएको छ । १२ वटा सोलार र ८ वटा व्याट्री भए पनि अहिले ४ वटा व्याट्रीले काम नगर्दा विद्युत सेवा अवरुद्ध हुँदा प्रसुती सेवा प्रदान गर्न समस्या उत्पन्न भएको स्वास्थ्य चौकि माँग्रीकी अनमी सरला बुढाले जानकारी दिनु भएको छ ।

बत्ती नभए पछि प्रसुती गृहमा रहेका फ्रिज चलाउन नसकिएको , जन्मेका बच्चा राख्ने वेविएम नचल्दा झन समस्या बढि रहेको अनमीको भनाई छ ।

स्वास्थ्य चौकिमा औषधी अभाव, प्रसुती गृहमा विद्युत सेवा समस्या देखिए पनि कसैले नहेर्दा जटिल समस्या उत्पन्न भएको स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस