• २०८३ जेष्ठ २१ गते बिहिवार

महानगरीय प्रहरी वृत्त कालिमाटीमाआचर संहिता बारे घुम्ती अनुशिक्षण कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १२, काठमाडौं ।प्रहरीले पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड,मानव अधिकारको पालना र प्रहरी आचर संहिता बारे घुम्ती अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

विश्वभर फैलिएको Covid 19 को महामारीका कारण शुरू भएको Lockdown र Lockdown खुलेपछि देखिएको विरोध तथा प्रर्दशनहरूको नियन्त्रणमा प्रहरी कार्वाही गर्दा पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड,मानव अधिकारको पालना र प्रहरी आचरण संहिता बारे महानगरीय प्रहरी कार्यालय मातहत प्रहरी कर्मचारीहरूलाई सचेत र सजक बनाउने उद्धेश्यले मानवअधिकार, प्रहरी आचरण संहिता र महामारीको समयमा प्रहरी कार्बाही विषयक १ घण्टाको घुम्ती अनुशिक्षण कार्यक्रमको गरिएको ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्य ज्युले नागरिकको हक अधिकारलाई सम्मान गर्दै प्रहरीले व्यवसायिक जिम्मेवारी गर्नुपर्ने बताउनुभयो । फिल्डमा खटिएका प्रहरीका समस्या,गुनासो र व्यक्तिगत स्वास्थ्य सुरक्षा मापडण्ढ पालना गर्दै उच्चतम व्यवसायिक क्षमता प्रर्दशन गर्नुपर्ने र नागरिकले अपेक्षा गरे अनुरूप शिष्ट व्यवहार गरी मानव अधिकारको सम्मान गर्नुपर्ने जस्ता समासमाहिक सम्बोधन गर्नुभयो ।

प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले नेपाल प्रहरीको आचरण संहिताबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिल बोहरा ज्यु लगायत सिनिय प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जा समेत गरी ४५-५० जनाको सहभागी रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस