• २०८३ बैशाख २६ गते शनिवार

गायिका आस्था राउत रिहा

पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा ४ हजार धरौटीमा गायिका आस्था राउत रिहा भएकी छिन् । अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजै मात्रै दिइएको थियो । गायिका राउतलाई अनुसन्धानका लागि भनी प्रहरीले ७ दिन हिसासतमा राख्ने माग गरेको भए पनि प्रमुख जिल्ला अधिकारीले ४ दिनको आदेश जारी गरेका थिए । तर प्रहरीले आज अनुसन्धान पूरा भएको जनाउँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस