• २०८३ भाद्र २७ गते शनिवार

गजल! “जनता यादगर त्यो कुर्वानी रगत नितारेको”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

जनता यादगर त्यो कुर्वानी रगत नितारेको,
होनहार युवा जमात हरुलाई बर्वाद पारेको।

शहिदको खेति भयो त्यही बेला मारिए युवा,
बिर्शिन नसक्किने त्यो तानासाहसँग नारेको।

कौना मुख लिएर जान्छौ छोरा छोरि मार्नेहरु,
जन प्रतिकारले घुँडा टेकौन खुबै पच्छारेको।

सबै भुक्तभोगिछौँ कसैसँग लुकेको छैन केही,
शयुँक्त जन आन्दोलनको हुँकार पछि हारेको।

कयौ फौलाद जिवितनैछन तिमि सँग लडेका,
तिम्रो तानासाहि आरनमा कयौ पल्ट खारेको।

नामोनिशान नरहन सक्छ रणभूमिमा आएसी,
पच्ताप गर्ने मौकानै मिलौना शंघर्षमा झारेको।

Sharing

प्रतिक्रिया दिनुहोस