• २०८३ जेष्ठ ३० गते शनिवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, काठमाडौँ। पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने अहिले हल्का बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरु बाँकी ठाउँमा भने मौसम सामान्यतया सफा रहेको छ । पुस लागेसँगै चिसो बढ्न थालेपनि मौसम भने अनुकुल नै रहेको महाशाखाले जनाएको छ । अझै केही दिन मौसम सामान्यतया सफा नै रहने महाशाखाको अनुमान छ ।

त्यस्तै काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज केही न्यानो भएको छ । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री छ । हिजो काठमाण्डौको तापक्रम यो वर्ष जाडो सुरु भएपछिकै सबैभन्दा कम १ दशमलव ३ डिग्रीमा झरेको थियो । आज तराईका जिल्लामा सामान्य कुहिरो र हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस