• २०८३ बैशाख ३१ गते बिहिवार

२४ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १२, काठमाडौँ। मकवानपुरमा १४ र बारा १० जना गरी २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमामा ३ लाख ३२ हजार ८९२ रुपैयाँ नगदसहित बिहीबार राति ९ बजे १४ जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका ४ पारिजात पथस्थित दिलबहादुर मोक्तानको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुबाट नगदसहित १२ बुक तास र ३१ वटा कौडासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

त्यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय राजेन्द्र उप्रेती, ३९ वर्षकै दिपक भट्टराई, वडा नं ९ बस्ने ३७ वर्षीय प्रल्हाद दुलाल, वडा नं ७ ४८ वर्षीय राजेश गिरी, ४५ वर्षीय श्याम सिंह, वडा नं १ बस्ने ४२ वर्षीय रोबिन दहाल, बाराको निजगढ नगरपालिका ९ बस्ने ३८ वर्षीय सन्तोष श्रेष्ठ, वडा नं ७ बस्ने ३० वर्षीय सुनिल श्रेष्ठ, ३४ वर्षीय अशोक लामा, २६ वर्षीय राज लामा पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा सिमरास्थित सिमरा पाराडाइज होटलमा बिहीबार राति छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । होटलबाट जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याई जुवा मुद्दा अन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस