मंसिर १२, कास्की । आफ्नै १३ वर्षीया छोरीलाई करणी गर्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विगत केही वर्ष अगाडिदेखि अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका ३९ वर्षीय बुबालाई मंगलबार पक्राउ गरेको हो ।
पछिल्लोपटक मंसिर ६ गते एउटा होटेलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । उनी विरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।