आफ्नो सरकार भएर पनि मनोमानि गर्न नपाए केको सरकार ? नाथु रामले ग्रजिँदै भन्छ। सारा जिवन यो पाटीलाई नलगाएर व्यापार गरेको भए त्यसै पनि म धनि हुनेथिए । मलाई जसरी भएपनि पैसा चाहिन्छ । उसले कुरा थप्दछ।
उ रातो पिरो डरलाग्दो भएको थियो। उसका आँखामा ज्वाला बलोको थियो। भक्तिले अलि बेर केहि नबोलेर उस्को आक्रोशबाट हुन सक्ने सम्भावित नोक्सानको लेखाजोखा गर्दै थियो।
हो मित्र सबै कुरा तर अहिले यो सम्बेदनसिल अबस्थामा हजूरले यस्तो कुरा उठाएर हाम्रो फाईदा हुँदैन । भक्तिले बिस्तारै नाथुलाई सम्झाउँने प्रयात्न गर्छ।
भैगो मलाई तिमिले सम्झाउँनु पर्दैन छिमेकि सँग लिएको अनुदान तिमिले एक्लै खायौ, अहिले यति ठुलो रकमको आफर आएको बेलामा त्यो पारीत गराउनु पर्नेमा उल्टै खुट्टा तान्न खोज्छौँ ? के सम्झेका छौ मलाई थाहा छैन ? सबै थाहाछ तिम्रो बारेमा तिमि कति तल खसेका छौँ । नाथुले मुर्मुराउँदै भन्छ।१७८६६ जना मरेपछि, १७३०जना बेपत्ता भएपछि, ९६३ अरब ३३ करोड बराबरको भौतिक सम्रचना ध्वस्त भएपछि आएको यो सुनौलो दिन आफुले तेत्तिकै छाड्न सकिदैन सम्झिउ नाथुरामले ग्रजिन्छ।
हो, हामिले पनि त तिमीले बिगारेको लाई ५२ अर्व ८७ करोड २८ लाख २५ हजार द्धन्द्ध पिडितलाई आर्थिक अनुदानमा दिएका छम। त्यो पनि त हेर भक्तिले ठट्याउले अन्दाजमा भन्छ।
नाथुराम र भक्तिले मिलेर बिन्द्राबनको राज पाठ चलाएका थिए तर त्यो राजपाठमा बिदेशीको चलखेल बढ्दै गएको थियो। साम्राज्यावादले आफ्नो जाल फालेर त्यँहाको संरचनालाई पङ्गु बनाउने प्रयत्नमा थियो र कयौँ पटक उस्ले यस्तो षडयन्त्र रच्दै पनि आएको थियो। उस्तै चत्तुर राजले आफ्नो खोसिएको राज पाठ हासिल गर्न जे पनि गर्न तयार थियो । चत्तुर राजाले सबै भन्दा सजिलो मुद्धा धर्मको उठाएको थियो। लाटा सोझा जनतालाई धर्मको जाल फालेर मात्रै आफुले सत्ता प्राप्त गर्न सक्किन्छ भन्ने सोच त्यो राजाको थियो। यसमा उसलाई छिमेकिले पनि सहयोग दिएको छ। यहा दुईटा मुख्य नाराहरु छन अखण्डता र हिन्दु धर्म । यो चत्तुर राजाले यसैलाई लिश्नो बनाएर राजपाठ हासिल गर्ने दाउमा छन।
यो एउटा बिन्द्रा बनको कथा हो जस्लाई हडप्न त्यसको छिमेकिले कयौँ दशक देखि प्रयात्न गर्दै आएकोछ। तर उस्ले धेरै पटक कोसिश गरेपनि उस्को त्यो कोसिश सफल हुन सकेको थिएन। बिगत केहि बर्ष देखि त्यँहाका जनताहरुले लामू संघर्ष गरेर त्यँहाको ब्यबस्थामा केहि आंशिक सुधार गरेका थिए चत्तुर राजालाई सत्तच्युत पार्न सफल भएता पनि जनताले छानेर नियम कानून बनाएपनि जनताको हातमा खासै केहि आएको थिएन। यध्यापी बिदेशी चलखेल भने बढ्दैथियो।
अहिले नाथुराम र भक्तिको आपसि कलहले फेरी यिनिहरु टुक्रिन तिर लागेका थिए। हुन त दुश्मनलाई यिनिहरु टुक्रिएपछि राम्रो हुनेथियो। देशको हितमा जनताहरुको लागि उनिहरुको हितमा निर्णय कस्ले गर्थ्यो। त्यस्ले गर्दा उहा कसले देशभक्तको कुरा बुझ्न सक्थ्यो। उनिहरु टुक्रिय पछि राजा चत्तुरलाई फाईदा हुन्छ र छिमेकिले चाहेको पनि यहिनै हो।तर लाछिहरुलाई मात्रै आफ्नो स्वार्थ पुरा गर्नु थियो। देश र जनताको कसैलाई सरोकार नै छैन। अरु झिना मसिना पार्टी हरु मिलेर बिरोध गरेपनि खासै अर्थ लागेको थिएन।
यो देशमा लामु समयसम्म बिर्खे राजाले राज गय्रो जबसम्म बिर्खे राजको राज रह्यो त्यो बेला सम्म उस्ले आफ्नो मनोमानी गर्यो। त्यँहाका जनताले त्यो तानासाही ब्यबस्थाको बिरुद्धमा बलिदानी पुर्ण शंघर्ष गरेर अहिले त्यँहा गणतान्त्रिक ब्यबस्था नामको भएपनि थियो। तर त्यो ब्यबस्था पनि यिनिहरुको आपसि मतभेदले गर्दा बिस्तारै धुमिल बन्दै गएको आभास हुन्थ्यो।
बर्खेको सेकपछि चत्तुरले राज पाठ समालेको थियो तर जनताले उस्लाई पनि अपदस्त गरेका हुन।
नाथुरामले जसरी भयपनि साम्राज्यावादको अनुदान हासिल गर्ने तरखरमा थियो भने भक्तिको गुट त्यो बिदेशको जाल हो त्यसबाट मुक्त हुनु पर्छ भन्नेमा थियो।यहि दुबैको बिचमा बेग्ला बेग्लै गुट बनाएका थिए। तर भक्तिपनि लाछि नै हो देखाउन भयपनि उस्ले राष्ट्रवादको कथा सुनाउँथ्यो। जनताहरुलाई भ्रम दिन उ पनि माहिरछ।
देशको आर्थिक अबस्था कम्जोर एउटा भूपरिबेष्ठित र आधा सामन्ति आधा उपनिबेशिक देश भएकोले यहाको अबस्था अत्यान्तै नाजुक थियो। त्यसैलाई फाईदा उठाएर छिमेकिहरुले अतिक्रमण र हस्तक्षेप गर्दै आएका थिए। पछिल्लो समयमा छिमेकिले देश्को सार्वभौमिकतामा आँच पुरायो। उसले देशको भूमि समेतलाई आफ्नो देशको नक्सामा सामिल गरेर नक्शा पारित गय्रो र आर्को पटक बिबाद चलेको छ।
अहिले नाथुराम र भक्तिको बिचमा आगो सल्काई दिएपछि उसले फाईदा लिन सक्छ र अहिले उसले त्यहि काम गरेको छ भक्ति र नाथुलाई लडाएर आफुले फाईदा उठाउनलाई छिमेकी प्रयात्नशिल छ। अहिले उसको षडयन्त्र भक्ति र नाथुरामले बुझेनन् भने यि दुबै ता सिद्धिन्छन। बिन्द्राबनमा पनि बिदेशी हश्तक्षेप बढ्ने र राजा चत्तुरले फेरी सत्ता खोसेर नितान्त तानाशाही राज सञ्चालन गर्ने दाउँमा छ।