असोज ११, काठमाडौँ । थप १५ सय ७३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार १ सय २३ जनामा नमुना परीक्षण गर्दा १५ सय ७३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।