• २०८३ बैशाख १७ गते बिहिवार

गजल! “धेर्या राख्नुश रिसाएर मात्रै कामछैन”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

धेर्या राख्नुश रिसाएर मात्रै कामछैन,
तर सदैभरी चिसाएर मात्रै काम छैन।

धनि बन्ने सपना सर्वहाराका कथामा,
जिम्माहरुनै बिसाएर मात्रै काम छैन।

हिँडियो सकेको जति त जिवन भरी,
अब पैतला घिसाएर मात्रै काम छैन।

हो हामि लाई परिवर्तन चाहिएकै हो,
तर हामीहरु तिसाएर मात्रै काम छैन।

अब आसे पासे गासे सँग बचेर हिँडौ,
ब्यार्थै पौरख मिसाएर मात्रै काम छैन।

बिस्तारै सबै ठिक हुँन्छ समय आउँदा,
ब्यार्थै दिमाख पिसाएर मात्रै काम छैन।

Sharing

प्रतिक्रिया दिनुहोस