भाद्र ११, रौतहट। रौतहटस्थित ईशनाथ नगरक्षेत्रबाट स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र बेश क्याम्प औरैयाको गस्ती टोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप कुमार साहलाई २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो ।
बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा भारतीय क्षेत्रबाट प्रवेश गर्दा गस्ती टोलीलाई शंका लागेर ईशनाथ ९ लवतना गाँउनजिक आज बिहान सवा ७ बजे चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो ।
बरामद रकम समेत दिलिप कुमार साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भईरहेको जनाइएको छ ।