• २०८२ जेष्ठ ३० गते बिहिवार

गजल!

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

हाम्रो शन्तान ठुला संटकमै पनि रमाए,
मरु भूमिमा समेत घरबार लाई जमाए।

बीर गोर्खालीका शन्तान हौँ हामी सबै,
त्यसैले त सदियौँ युद्धको बाटो ठमाए।

बनेर बिस्वामा शक्ति शाली औजारहरु,
पूर्वजहरुलेनै शंघर्षको हथियार थमाए।

धन कमाएनौँ सम्पति कमाएनौ हामीले,
दुनियामै एक मात्र नाम बहादुर कमाए।

जनम जात यौद्धाहरु थिए र ता सदियौँ,
शंघर्षले भरीभराव जिवन सफर समाए।

प्रतिक्रिया दिनुहोस