• २०८२ जेष्ठ ३० गते बिहिवार

अबैध नदिजन्य पदार्थको उत्खनन तथा ओसार-पसारमा संलग्न सवारी-साधन कारबाहीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १२, नुवाकोट । नुवाकोटमा अबैध नदिजन्य पदार्थको उत्खनन् तथा ओसार(पसारमा संलग्न सवारी(साधन कारबाहीमा परेका छन । नदिजन्य पदार्थ उत्खनन् तथा ओसार-पसार गर्ने १० टिप्पर र १ स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमा बुझाईएको  हो ।

नदिजन्य पदार्थको उत्खनन्, ओसार पसार र प्रयोग सम्बन्धी बिषयमा जिल्ला समन्वय समितिका प्रमुख श्री सन्तमान तामाङको अध्क्षतामा बसेको समन्वयात्मक बैठकमा भएका निर्णायानुसार असाढ १ देखी भाद्र मसान्तसम्म (३ महिना) नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न प्रतिबन्ध लगाईएको थियो । उक्त निर्णयको बर्खिलाप नदिजन्य पदार्थ उत्खनन् तथा ओसार(पसार गर्ने सवारी साधन जिल्ला समन्वय समितिमा बुझाईएकोमा हालसम्म रु.१,७०,०००।–राजष्व संकलन भएको, र १ स्काभेटर र ३ टिप्पर कारबाही हुन बाँकी नै रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस