श्रावण १२, भक्तपुर । लागूऔषध मुद्दाका दुई वर्ष कैद सजाय भई फरार रहेका सूर्यविनायक नगरपालिका ५ बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका ९ भोटसिपा घर भएका ४० वर्षीय धन भन्ने दिपक श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला अदालतको २०७४ असार २६ गतेको फैसलाले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत मा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।