श्रावण १२, कैलाली । कैलालीको बौनियामा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । जिल्लाको वर्दगोरिया गाउपालिकाको बौनियामा सोमबार बिहान ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।
बौनियामा आज बिहान ना ६ ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको थियो । स्थानीयको अवरोधपछि गन्तव्यका लागि हिडेका सवारीसाधन बौनियामै रोकिएका छन ।