असार १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संत्रमित संख्या १२ हजार ३०९ जना पुगेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमाजनाए अनुसार बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ। नेपालमा ७७ जिल्लामा नै कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएको मान्छो जिल्ला रसुवामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।
यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै सक्रमणबाट मृत्यु हुनेको सख्या २८ पुगेको हो ।