पौष १, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाईटेडलाई २- ० गोल अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले युनाईटेडलाई सहज जित निकालेको हो ।

आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली र इमिल स्मिथले एक एक गोल गरेका थिए । ६७ औं मिनेटमा भ्लादमिर काउफलले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै १७ खेलमा २९ अंक जोडेको आर्सनल चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।
प्रिमियर लिग अन्तर्गत भएका अन्य दुई खेलमा उल्भ्सले ब्राइटनलाई १-० ले हराएको छ भने साउथह्याम्पटन र क्रिस्टल प्यालेसले २-२ गोलको बराबरी खेलेको छ ।