वैशाख १५ ,दैलेख । देश संकटमा रहेको बेला सरकारले लकडाउन घोषण गरेको अबस्थामा जिल्लाको ठाटिकाध गाउपालिकामा आइतबार जनप्रतिनिधिले नै लकडाउन उलंघन गरेका छन ।

मटेला भैरवस्थान हुदै ठाटिकाध जोड्ने प्रशाशनिक मार्गको लागी बिवाद भएपछी ठाटिकाध गाउपालिका वडा दुइका वडाअध्यक्ष रुपलाल विश्वकर्मा, वडा सदस्य लब बहादुर थापा, वडा एकका वडाअध्यक्ष नर्तम बुढा, वडा सदस्य मिन खनालले करिब ५०० जना बढी मानिसहरु जम्मा गरि लकडाउन उलंघन गरेको स्थानिय तपेन्द्र भण्डारीले बताए ।
सरकारले लकडाउनका बेला भिडभाड तथा भोजभतेर नगर्न सुझाब दिएका बेला जनप्रतिनिधिले नै ५०० बढी मानिसहरु भेला गरेका छन । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको समयमा जनप्रतिनिधि जस्ता व्यक्तीले लकडाउनको उल्लंघन गरि प्रशासनिक बाटो खन्ने विषयलाइ लिएर स्वयम जनप्रतिनिधिलेनै लकडाउन उल्लंघन गरेका छन ।