पौष ११ मुगु । काठमाडौ महानगरपालिकाका नगर प्रमुख विद्या सुन्दर शाक्यले पर्यटक भित्राउन दुवै नगरपालिका बिच समन्वय सहकार्य अपरिहार्य रहेको बताएका छन् । साविकका कर्णालीका जिल्ला जुम्ला हुदै हिमाली जिल्ला मुगु पुग्नु भएका नगर प्रमुख शाक्य काठमाडौ घुम्न आउने पर्यटकलाई रारा सम्म पुग्न प्रेरेरित गर्न छायाँनाथ रारा नगरपालिका र काठमाडौ माहानगरपालिकाका बिच समन्वय सहकार्य अतुल्नीय रहेको बताएका हुन ।

छिमेकि जिल्ला जुम्लामा रहेको चन्दननाथ नगरपालिका संग भगेनि सम्बन्ध कायम राखि काठमाण्डौ महानगरपालिकाले मुगुको छायाँनाथ रारा नगरपालिका संग निकट भविष्यमा भगेनि सम्बन्ध गाँसौला तर अहिले समन्वय सहकार्य आवश्यक रहेको बताएका छन । नेपालको सबैभन्दा ठुलो ताल रारा ताल छायाँनाथ रारा नगरपालिकामा पर्छ । रारा देशकै एक प्रमुख पर्यटिक स्थल हो । राराका बारेमा काठमाडौमा प्रचार प्रसार गर्न सके काठमाडौमा घुम्न आउने फेवा ताल घुम्न आउने पर्यटकलाई रारा सम्म पुराउन सके आर्थिक आम्दानिमा टेवा पुग्ने नगर प्रमुख शाक्यले बताए । उनले भने नेपालकै सबै भन्दा ठुलो ताल यहि जिल्लामा पर्छ रारा ताल लाई थप प्रचार प्रसार गरे यसै बाट आम्दानिको स्रोत बन्ने बताएका हुन ।

नगर प्रमुख शाक्यका अनुसार थोरै सँग सम्बन्ध गाँस्ने तर दिर्घकालिन सम्म रहे त्यो भन्दा उपयुक्त नहुने जनाए । थारै भए पश्चात विकास निर्माण लगायत समन्वय सहकार्य गर्न सहज बातावरण हुने बताए । स्थानीय सरकार भएपछि जस्तो सुकै पिडा पनि जनताका गुनासा सुन्न आबश्यक रहेको जानकारी दिए । जनताका गुनासा नसुने सम्म र जनताका पिडालाई स्थानीय सरकारले ध्यान नदिए पछि विकासमा फड्को नमार्ने जानकारी दिए । साथै नगरप्रमुख शाक्यले छायानाथ रारा नगरपालिका लाई समय अनुकुल मिलाएर एक पटक अबश्य पनि काठमाण्डौ महानगरपालिकामा औपचारिक भ्रमणको लागि नगरपालिका लाई निम्तो गरेका छन् । स्वागत कार्यक्रममा बोल्दै काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्कीका अनुसार यो एक भेटघाड तथा परिचयात्मक कार्यक्रममले एक विकासको बाटोमा लम्किने बताए । एक अर्कामा कुण्ठित रहेर बसेका , राज्यको नजरमा नपरेका पर्यटन , सास्कृतिक सम्पदा लगायत अन्य यस्ता पर्यटक स्थल लाई खोतल्न सक्यौ भने झन विकासमा फड्को मार्ने बताईन । मुगु जिल्ला भने वित्तिकै दुर्गम जिल्ला भनेर चिनिन्छ तर यहाको पर्यटन , जडिबुटिले गर्दा आफैमा धनि जिल्ला हो तर यहाका जुन बहुमुल्य जडिबुटि छन् त्यस लाई ब्यवस्थापन लगायत बजारीकरणमा स्थानीय सरकार लगायत अन्य सरोकारवाला निकायले ध्यान दिए आफैमा मुगु जिल्ला विकास सँगै आर्थिक हिसावमा पनि फड्को मार्ने खड्किको अनुभव रहेको छ । यो जिल्लामा एक पटक जसर िभए पनि धार्मिक पर्यटन गर्न पनि आबश्यक रहेको बताईन । त्यसतै छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीका अनुसार काठमाण्डौ महानगरपालिका र छायानाथ रारा नगरपालिका बिच जुन समन्वय सहकार्य हुदै गयो भने यो भन्दा ठुलो अन्य कोही नरहेको बताए । शाहीले भने नेपाल सरकारको काखमा बसि रहेको यो महानगरपालिका राज्य बाट हुने सेवा सुविधा लगायत अन्य विषयमा पनि सहकार्य गर्नेछ भन्ने उनको विश्वास रहेको छ । यो दुरदराजमा रहेको स्थानीय सरकार भौगोलिक विकटता , सडक सञ्जाल र हवाई मार्गले पनि गतिलो सँग फड्को नहुनाले राज्य बाट पाउने सुविधा बाट पनि बञ्चित रहेको बताए । उनले थपे मुगु जिल्लाका करिब २५ प्रतिशत मुगालीका छोरा छोरी हरु अध्यान , रोजगारीको शिलशिलामा रहेको जानकारी दिनु हुदै मेयर शाहीले यदि काठमाण्डौ महानगरपालिका बाट हुने सहयोग समन्य गर्न आग्रह गरेका छन् । त्यो सँगै यहा बाट निर्यात हुने बहुमुल्य जडिबुटि यार्सागुम्बा , पाँच औले , वन लसुन सँगै , स्याउ , यहाका रैथाने बालि लाई बजारीकरण सँगै ब्यवस्थापन गर्न जोड दिएका छन् । साथै एक अर्कामा मायाको चिनो साटा साट गरेका छन् ।