• २०८३ जेष्ठ ४ गते सोमवार

कोरोनाबाट थप २३ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४१२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल ६८० जना क्वारेन्टिनमा रहेको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १६१४ जना संक्रमित थपिएसगैं १४३७ जना संक्रमणमुक्त समेत भएका छन् । अब देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ जना रहेको मन्त्रालयको भनाइ छ । हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस