• २०८३ बैशाख ९ गते बुधवार

एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, धनगढी । धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–१४ को खुटिया खोलामा २२ वर्षीय सशस्त्र प्रहरी जवान कुमार सारु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सुर्खेतको लेखबेँसी नगरपालिका–१ घर भएका उनी हाल सशस्त्र प्रहरी बल विओपी बेस जुगेडामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस