असोज १०, काठमाडौँ । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त ६ जिल्लामा रसुवा, मनाङ, मुस्तांङ, मुगू ,डोल्पा र हुम्ला रहेका छन ।

मन्त्रालयका अनुसार आज ११ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५३ हजार १३ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ६७ जना पुगेको छ ।