असोज १०, काठमाडौँ । थप १२ सय ७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय २१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२४ जना कोरोना भाइरस पुष्टि भएको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ६७ जना पुगेको छ ।


