• २०८३ जेष्ठ २ गते शनिवार

सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, एजेन्सी । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको हो । चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको उद्धार गरिएको छ ।

अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस