भदौ ६, बाजुरा । साहित्यकार तथा सामाजिक अभियान्ता रिता शाही (ऋतु) को पहलमा जिल्लाको बुढिगंगा नगरपालिका वडा नंम्बर २ र ३ का ४० परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । श्रावण २५ गते राती आएको अविरल बर्षा संगैको बाढीका कारण बिस्थापीत भएका परिवारलाई राहत स्वरुप १ लाख बरावरको खाद्यान्न सहयोग गरेको सामाजिक अभियान्ता रिता शाही (ऋतु) ले जानकारी दिनुभएको छ ।

सामाजिक सेवामा रुची राख्ने संस्था ललिराई फाउन्डेसनको आर्थिक सहयोगमा उक्त खाद्यान्न सामाग्री बितरण गरीएको हो । शाही आफै खाद्यान्न बोकेरे गाउँमा पुगेर राहत बितरण गरेको हो । राहत बोकेर गाउँमै पुगेर खाद्यान्न सहयोग गरेकोमा स्थानीले शाहीलाई धन्यवाद दिनुभएको छ । शाहीलाई गाउलेले फुलमाला सहित भब्य स्वागत गरेका थिए । गाउँमै आएर खाद्यान्न सहयोग गरेको र भबिस्यमा यस्तै सहयोगको अपेक्षा सहित स्वागत गनुभएको छ । सहयोग गर्ने ललिराई फाउन्डेसन र समन्वय गर्ने सामाजिक अभिन्ता रिता शाहीलाई बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहाले धन्यबाद दिनुभएको छ । शाहीले गरेको काम प्रती नगर प्रमुख शाहाले धन्यबाद दिनुका साथै समाज सेवामा काम गर्ने थप प्रेरण मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।
सामाजिक अभियामन्ता शाहीले पनी आफुलाई दिन दुखी र समस्यामा काम गर्न आफुलाई खुसीको महसुस हुने बताउनुभयो । शाहीले सहयोगीको साथ सहयोग र माया प्रेरणले सधै सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो । बुढीगंगा नगरपालिका २ र ३ का ४० परियारलाई २३ कट्टा चामल, २ क्विटल नुन र २ पेटी साबुन र अन्य खाद्यान्न सामाग्री गरी एक लाख बराबरको खाद्यान्न सहयोग गरीएको छ । उक्त खाद्यान्न नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहीले बाढी पहिरो पिडितलाई हस्तान्तरण गर्नुभएको थियो ।