• २०८३ जेष्ठ २८ गते बिहिवार

कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १० , कैलाली । सुदूरपश्चिम प्रदेशमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–११ का ४५ वर्षीय कोरोनासंक्रमित पुरुषको बुधबार बिहान ८ बजेर ३५ मिनेट जादा मृत्यु भएको हो ।

मङ्गलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा रहेका उनको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको र शवको व्यवस्थापनका लागि नेपाली सेनालाई खबर भइसकेको बताईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस