• २०८३ बैशाख १९ गते शनिवार

लामो संघर्षको भट्टीबाट खारिएर आएको हुँ अनर्गल भ्रमपुर्ण प्रचारले बिचलित हुन्न : संयोजक महर

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेष्ठ १३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले आफ्नो चरित्र हत्या गर्ने केही समुह तथा अनलाईन समाचार माध्यमलाई कानुनी उपचार खोज्ने चेतावनी दिँदै आरोप प्रमाणीत गरे सधैंको लागि राजनीतिबाट अलग हुने घोषणा गरेका छन । उनले पछिल्लो समय केही व्यक्तिको सामाजिक सञ्जाल तथा केही अनलाईनहरुले भ्रामक तथा तथ्यहिन समाचार सम्प्रेषण गरी आफ्नो चरित्र हत्या गर्न खोजीएको बताएका छन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन : 

प्रिय साथिहरु हार्दिक अभिवादन ! 
केही अनलाइन सञ्चारमाध्यम हरुमा मेरा बारेमा भ्रमपुर्ण समाचारहरु प्रकाशित भएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
हुन त यस्ता खालका हर्कत र दुस्प्रयास मेरो राजनितक जिवनमा थुप्रै पटक नभएको होइन। लामो संघर्षको भट्टी बाट खारिएर आएको र पटक पटकको इमानदारिताको अग्निपरिक्षा मा सफल भएर आएको हुनाले यस्ता अनर्गल भ्रमपुर्ण प्रचारहरुले म कत्ती पनि बिचलित भएको र हुने छैन र थप उर्जा र उत्साह सहित यो आन्दोलनमा निरन्तर संघर्ष गर्दै देश र जनताको पक्षमा दृढतापुर्वक लागि नै रहन्छु।
मलाई थाहा छ कि जब देश र जनताको पक्षमा दृढता पुर्वक उभिन खोज्दा, देश र जनताका शत्रु हरुको चिरफार गर्दा राजनितिक रुपमा त्यसको प्रतिवाद गर्ने हैसियत नराखेर त्यसको बदलामा ब्यक्ती गत चरित्र हत्या गर्ने दुस्साहस हुनेछ ।
भारतिय दलाल बाबुराम भट्टराई र उग्र क्रान्तिकारिताको नाममा हत्या हिंसाको नेतृत्व गरिरहेका आतंककारी का नाइके बिप्लवहरुका भरौटेहरुले केही सञ्चारमाध्यमहरुको प्रयोग गरि बिना तथ्य र प्रमाण ब्यक्तिगत चरित्र हत्या गर्ने दुस्प्रयासको म घोर भर्त्सना गर्न चाहन्छु। यस्ता खालका भ्रमपुर्ण समाचारहरुबाट टाढै रहन म सबैमा अपिल गर्दछु।
हत्या( हिंसा ,चन्दा आतंक ,भ्रस्टाचार कमिसन जस्ता सामाजिक अपराधहरुको बिरुद्ध सधै भरी संघर्ष गरेको र निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता ब्यक्त गर्दछु। र म यदि यस्ता कृयाकलापहरुमा मेरो कुनै प्रकारको संग्लनता तथ्य र प्रमाणका आधारमा कसैले पुष्टि गर्छ भने म राजनिती बाट सदाका लागि अलग हुनेछु र जस्तो सुकै कानुनी कार्बाहिको लागि तयार रहनेछु।
सञ्चारमाध्यमहरुलाई म अनुरोध गर्छु कि तथ्य र प्रमाण का आधारहरुमा मात्र समाचार प्रकाशन गर्न र सञ्चारमाध्यम को बिश्वसनियतालाई अक्षुण राख्न म अनुरोध गर्छु साथै मेरा बिषयमा गरिएको भ्रमलाई प्रमाणित गर्न म चुनौती दिन चाहन्छु।
देशमा ब्याप्त बेरोजगारिको समस्याले गर्दा धेरै युवाहरु बिदेसिनु परेको छ। यो हाम्रो बिडम्बना हो।ती बिदेसिएका सम्पुर्ण युवा साथिहरु प्रती मेरो गहिरो सहानुभुती छ। युवा जोश जागर र श्रम यहि देशमा प्रयोग गर्न चाहनु युवाहरुको देशभक्ती हो यसलाई म उच्च सम्मान गर्छु।यी मध्ये केही बिदेशमा भएका युवाहरु चरम निराश छन र आज आफ्नो त्यो अवस्थाको कारक नेपालको राजनितिक अवस्था र यहाँको नेतृत्व हो भन्ने बुझाई राखेका छन। त्यसैले सामाजिक सञ्जालमा कहिलेकाही असन्तुष्टि पोख्ने गालिगलौज गर्ने बरबराउने गर्छन ।यस्तो कुरालाई हामिले अन्यथा लिनु हुँदैन र अब चाँडै देशको अवस्थामा परिवर्तन गरि त्यस्ता युवाहरुलाई देशमै काम गर्ने वातावरण निर्माण गर्नु पर्छ।
अनेरास्ववियूको एकता प्रकृयालाई पुर्णता दिने क्रममा तत्कालीन अनेरास्ववियूको निर्वाचन आयोग सदस्य देविचन्द्र मण्डेल बलात्कारको अभियोगमा मुद्धा खेपिरहेकोले एकताको केन्द्रिय कमिटिमा समेटिनु भएन त्यसका लागि उहाँले मलाई धेरै दवाव दिनुभएको थियो तर अखिल को मान्यता बिपरित बलात्कार जस्तो जघन्य अपराध को अभियोग लागेको मान्छे अखिल जस्तो संगठन को केन्दृय कमिटी मा समिटिने कुनै सम्भावना भएन। त्यस पछि निरन्तर रुपमा निज देविचन्द्र मण्डेल र उहाँको सहोदर भाइ जनक मण्डेल ९हाल जापान० मेरा बिरुद्धमा अनेक हर्कत गरिरहेका छन । यो कुरा स्पष्ट पार्न चाहन्छु र कोहि पनि भ्रममा नपर्न अनुरोध गर्छौ।
अन्त्यमा निज देविचन्द्र मण्डेल, जनकराज मण्डेल को यश हर्कत का बिरुद्धमा कानुनी उपचार खोज्ने र यस्ता भ्रमपुर्ण समाचार प्रकाशन गर्ने अनलाइन को पनि कानुनी उपचार खोज्ने जानाकारी गराउन चाहन्छु। धन्यवाद

Sharing

प्रतिक्रिया दिनुहोस