• २०८३ बैशाख ९ गते बुधवार

राजिव पहारी भन्छन – “डा. भट्टराई आफु पनि गरि नखाने र अरुलाई गरी खान नदिने व्यक्ति”

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले डा. बाबुराम भट्टराई राजनीतिक जीवनमा छेपारो जस्तै भएको उल्लेख गर्नुभएको छ ।

डा. भट्टराईले आफ्नो राजनीतिक जीवन छेपारोले आफ्नो रंग फेरे जस्तै गरी हालसम्म ८ वटा पार्टी प्रवेश गरेको उल्लेख गर्दै सांसद पहारीले डा. भट्टराईले राजनीतिमा आफु पनि गरि नखाने र अरुलाई गरी खान नदिने व्यक्तिको रुपमा स्थापीत भएको बताउनुभयो । आफ्नो व्यक्तिगत स्वार्थमा रुमलिने स्वार्थी खेलाडीका मायुर रहेका डा. भट्टराईले आफु र आफ्नो श्रीमती बाहेक सवैलाई थिचोमिचो गर्ने शासक भएको बताउनुभयो ।

डा. भट्टराई झुटको खेतीको झुण्ड रहेको उल्लेख गर्दै आफ्नो कर्तुतहरुलाई लुकाउनको लागि अरुको अनावश्यक चर्चा गर्ने गरेको बताउँदै सांसद पहारीले डा. भट्टराईले अरुलाई अनावश्यक आरोप तथा प्रत्यारोप लगाई अनेक फण्डाबाट चर्चा कमाउने नाइकेसमेत भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, फ्याउरा ले छाला फेरे झै जस्ले आफ्नाे राजनैतिक जिवनमा ८ वटा राजनैतिक पार्टी परिबर्तन गरिसक्नु भयाे हाल सम्म।जस्ले आफ्नाे निहित स्वार्थ काे निम्ति बहुराष्ट्रियता काे कुरालाइ अंगिकार गर्नु हुन्छ।जाे जुन पार्टी मा जानू हुन्छ त्याे पार्टी मा हुडल्नाे मात्रै हाल्ने काम गर्नु हुन्छ।जाे नयाशक्ति पार्टी काे प्रमुख हुदा आफु र हिसिला कमरेड बाहेक अरुलाई अपमान र थिचाेमिचाे गरेर भष्मासुर रुपि गतिबिधि गरि पार्टी बाट अरुलाई बहिर्गमन गराउनु हुनुहुन्छ /आज उहाँ र उहाँ सग रहेकाे झुन्ड काे एक मात्रै उदेश्य झुटलाई १00 चाेटि दाेहाेराय पछि सत्य साबित गराउन सकिन्छ कि भनेर गाेबेल्श शैलिमा झुटका पुलिन्दा बुनिरहनु भयकाे छ र आराेप लगाई रहनु भयकाे छ,जुन आराेप पानिकाे फाेका जस्तै हाे।अहिले उहाँ रहेकाे पार्टी मा पनि उहाले के सम्म गरिरहनु भयकाे छ भन्ने दिउसाेकाे घाम झै छर्लङ्ग छ हालत।उहाका उपदेशका कुरा आज सुन्दा बाेल्ने लाई भन्दा सुन्नेलाई …. …भने जस्ताे पाे भयाे।आफ्नाे आङ्गमा भैंसी हिडेकाे नदेख्ने अरुकाे आङ्गमा जुम्रा …..///ब्यक्तिगत भन्दा पनि डाक्टर बाबुराम याे एउटा प्रबृति भनेकाे छ नेपालकाे राजनितिमा।।

Sharing

प्रतिक्रिया दिनुहोस