• २०८३ बैशाख ८ गते मङ्गलवार

तरकारीको सहज आपुर्तीका लागि छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाकाले रानी तलाउ तरकारी तथा फलफुल मण्डी समिति र तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि विहिवार छलफल गरेको छ । वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके सहितको प्रतिनिधित्व रहेको बैठकले गरेका निर्णयहरु यसप्रकार छन् ।

बैठकमा तरकारी मण्डीबाट खुद्रा विक्रेता (ठेला र साईकल)मा वडामा तरकारी विक्रि वितरण गर्ने विषयमा छलफल केन्द्रीत भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरका अनुसार स्थानीय प्रशासनसँग समन्वय गरिदैछ ।

तरकारी मण्डी रहेको वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताको अध्यक्षतामा भएको बैठकमा समितिका अध्यक्ष मोतीसरा खड्का सहितका ब्यवसायी, उपमहानगरपालिकाका प्रशासन प्रमुख शरद पौडेल, वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,जिल्ला प्रशासनका वेदेश्वर गौतम लगायतको सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस