• २०८३ जेष्ठ ५ गते मङ्गलवार

अवैध रुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ १२ काठमाडौं । अवैध रुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर ८ हजार ४ सय १७ सहित ललितपुर महानगरपालिका-११ घर भई अमेरिका बस्ने ३३ वर्षीय विकाश जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Etihad Airways को फ्लाइटद्वारा काठमाडौंबाट Abu Dhabi हुँदै अमेरिका जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । जोशीलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस