• २०८३ असोज ७ गते बुधवार

बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १०, काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस