पौष १०, काठमाडौँ। पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले देशभर मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई र पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।