• २०८३ बैशाख १९ गते शनिवार

गजल “कोरोना को कहरमा पनि दसैंको बबाल छ”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

कोरोना को कहरमा पनि दसैंको बबाल छ
धनि लाई ऐयासी गरिब लाई अनिकाल छ।

चढाउँछन निर्दोश को बलि देशै भरी आज
घर-घरमा मासु भात आज फाला फाल छ।

जुनसुकै अबस्था मा पनि मर्छन निर्धनहरु
भ्रष्टचारी त कात्रो चोरेर पनि मालामाल छ।

गरीब मज्दुर परदेशी लाई न तिहार न दंसै
संसार भरिमा गरिबहरु को नै बुरा हाल छ।

चुनेर पठायौँ सरकार केही होला कि भनी
आज देशको नक्सामा पनि आल टाल छ।

भन सरकार ुरअुले के लग्यो केदिएर गए
देश भरीका जनता को यो नँया सवाल छ।

देशका युवाशक्ती आर्काकै देश बिकाश मा
कतै तलवार बनी मार्छन कतै छाति ढाल छ

केको दसैं र तिहार आमा सेते भयो परदेशी
जता कतै ओईरो समस्याहरु कै पर्खाल छ।

Sharing

प्रतिक्रिया दिनुहोस