• २०८३ असोज ६ गते मङ्गलवार

सडकमा दिनरात खटिने ट्राफिक प्रहरीको मेसमा अनियमितता

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

भदौ ९ काठमाडौँ । सडकमा सवार गर्ने सवारीदेखि पदैल हिँड्ने यात्रुलाई सचेत र सजग बनाउने जिम्मेवारी ट्राफिक प्रहरीको हुन्छ । पछिल्लो समय बढ्दो शहरीकरणसँगै सवारी साधन र सडक प्रयोगकर्ताको अत्याधिक चापलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई चुनौतीको विषय भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सहित अधिकृत जवानहरू काठमाडौँ उपत्यकाको सहज र सुरक्षित ट्राफिक व्यवस्थापन, कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि ५ महिनादेखी सुरक्षित क्वारेन्टिन (व्यारेक) मै रहेर दिनरात नभनी आफ्नो आफ्नो जिम्मेवारीमा खटिरहेका छन् । तर प्रहरी कोर्ट मास्टर हवल्दार गणेश केसीले भन्ने गलत हर्कत प्रर्दशन गरेका छन् । उनले केही प्रहरी अधिकृतलाई चित्त बुझाएको भरमा प्रहरी जवानलाई बग्गी खानामा खाना खुवाउने जस्ता गलत हर्कत प्रर्दशन गरिरहेका छन् । हवल्दार केसीले कोरोना भाइरसका कारण बजारमा खाद्यान्न, तरकारीको अभाव देखाउँदै तोकिएको रासन स्केल खुवाएको छैन । त्यतीमात्रै होइन, हवल्दार केसीले सोझा र इमान्दार प्रहरी जवानहरुलाई कुकुर सरह व्यवहार गर्ने गरेको एक प्रहरी जवानले बताएका छन् ।

हवल्दार केसीले केहि प्रहरी जवानलाई तैँले घरमा यस्तो खाना कहिले खान पाएको छस् ?, आज नखाए पनि केही हुदैन, जस्ता निच र घृणित शब्दहरू जवानहरूलाई प्रयोग गर्दछन् । प्रहरी जवानहरुलाई राम्रा तरकारी नल्याउने, आफुले आएर बच्चेका मासुहरु खुवाउने, हप्तामा खुवाउने रासन स्केल तालिकालाई विभिन्न वरवहाना बनाएर खाना नै नखुवाउने जस्ता हर्कत हवल्दार केसीले प्रर्दशन गरि रहेको एक जवानले बताए । प्रहरी रोलकलमा कसैले समस्यका बारेमा कुरा राखिदियो भने केसीले एक÷दुई दिनमा सरुवा गरिदिने गर्छन् । सरूवाको डरले कार्यालय प्रमुखसम्म यो पुग्दैन । फौजी जीवनमा रोलकल भनेको आफ्ना समस्याहरू सिलसिलेवार रिपोर्ट भई समाधान हुने थलो भएकोले निकै महत्वपूर्ण मानिन्छ । तर सरुवाको डरले कसैले पनि रोलकलमा कुरा राख्ने हिक्मत गर्न नसेको प्रहरी जवानले बताए ।

प्रहरी जवानका अनुसार कोर्ट मास्टरले २÷४ जना अधिकृतहरुलाई रासनामा छुट दिने, साझमा छुट्टै व्यवस्था गरिदिने जस्ता काम गरी बदमासी गरी रहेका छन् । कोर्ट मास्टर हवल्दार केसीले आफ्ना निजकका केही प्रहरी जवानहरुलाई खाना बनाउने मेश वरीपरी एक दिन जना राख्ने गरेका छन् । खानामम कसैले आवाज उठाएको भयो उनले प्रहरी जवानलाई सरुवा गरिदिने जस्ताका धम्की दिने गर्छ ।

कोर्ट मास्टर केसीले गरेको व्यवहारका कारण अहिलेसम्म एक जना हवल्दारले बाहिर खाना खाने गरिरहेका छन् । फौजी क्षेत्रमा राम्रो, गुणस्तरीय र सर्वसुलभ मुल्यमा खाना खुवाउन भनेर केहीलाई डिउटी पनि नलगाई खाना खुवाने कामका लागि कोर्टमास्टर सर्वसम्मत तोकिएको हुन्छ । उपत्यकाको अन्य प्रहरी कार्यालयहरूमा मासिक रू. २२०० देखि रू.३००० सम्ममा राम्रो र मिठो खाना खुवाईन्छ । तर ट्राफिक महाशाखामा भने सबै भन्दा सस्तो खाना रू. ४ हजारमा खुवाउने गरीएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस