• २०८३ असोज ६ गते मङ्गलवार

नेप्सेमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६,काठमाडौं ।   नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता शेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी मिड सोलु हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.७५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा ८.२३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेष्टमेन्टको ४४ करोड ४० लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस