• २०८३ मङ्सिर १३ गते शनिवार

नेपाल औषधी व्यावसायीले दियो सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, दाङ । नेपाल औषधी व्यावसायी संघ शाखा कार्यालय दाङ घोराहीले वडा प्रहरी कार्यालय घोराही एवंम जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेका छन । वडा प्रहरी कार्यालय घोराही र जिल्ला ट्राफिक कार्यालय दाङमा सम्पुर्ण सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको नेपाल औषधी व्यावसायी संघका सदस्य सुर्य नारायण न्योपानेले जानकारी दिनुभएको हो ।

अध्यक्ष भुवनेस्वर बुढा, उपाध्यक्ष युबराज धिताल, सचिव निम कुमार रावत, सदस्य सुर्य मणी न्यौपाने लगायतको टोलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको हो ।

लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई घर बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सुरक्षाकर्मीहरु निकै जोखिम मोलेर सो कार्य गरिएको हुँदा नेपाल औषधी व्यावसायि संघ शाखा कार्यालयले दाङले अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी दिनरात नभनेर आमनागरिकको सुरक्षामा अहोरात्र बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको सदस्य न्योपानेका अनुसार २ सय थान मास्क,२ दर्जन स्यानी टाइजर र २ पाकेट ग्लुब्स पञ्जा सहयोग गरेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस