जेठ १२, काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रामक समाचार संम्प्रेषण गर्ने ७० अनलाइनलाई देशैभरिबाट प्रकाशन प्रसारण नहुने गरी ब्लक गरेको छ । गत चैत ११ देखि जेठ ८ गतेसम्म कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनलाई स्पष्टीकरण सोधिएको प्रेस काउन्सिल नेपालले जनाएको हाे ।
नेपालको कानुनी प्रक्रिया पुरा नगरी अनाधिकृत रुपमा संचालनमा रहेका केही अनलाइन पोर्टललाई काउन्सिलको सिफारिसमा नेपाल दुर सञ्चार प्रधिकरणले नेपालमा नखुल्ने गरि बन्द गरेको हो । यसरी बन्द गरिएका अनलाइन पोर्टलहरु केही विदेशबाट संचालित थिए भने केहि नेपालमा बसेर लुकिछिपी गैरकानुनी रुपमा सञ्चालन गरिएका थिए ।
प्रेस काउन्सिलले दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई भने स्पष्टीकरण मात्र सोधेको छ । पत्रकार आचारसंहिता विपरीत कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले जनाएको छ । गैरकानुनी रुपमा सञ्चालन भएका अनलाइन पोर्टलहरुले तथ्यहीन भ्रामक र कपोकल्पित समाचारहरु पोस्ट गर्ने र ति समाचारका लिंक सामाजिक संजाल फेसबुकका ग्रुप र पेजहरुमा सेयर गर्ने गरेको र त्यसले जनमानसमा आंतक र भ्रम पैदा गरेको भन्दै उजुरीहरु पर्न थालेपछि प्रेस काउन्सिलले बन्द गर्न प्राधिकरणलाई सिफारिस गरेको हो ।
यसरी गैरकानुनी रुपमा सञ्चालन भएको पुष्टी भइ बन्द गरिएका अनलाइनहरुले फेरी पनि विदेशबाट समाचार पोस्ट गर्ने तथा केहिले नेपालमै बसेर इन्टरनेटको गैरकानुनि बाटो प्रयोग गरि समाचार अपडेट गरेर सामाजिक संजालमा सेयर गर्ने गरेको पाइएकोले ति व्यक्तिहरुको पनि खोजी भइरहेको एक सरकारी अधिकारीले बताएका छन् । प्रहरीको साइबर अपराध ब्यूरोले त्यस्ता गैरकानुनी रुपमा सञ्चालन भएका अनलाइनको समाचार सेयर गर्न दिने फेसबुक ग्रुप र पेज सञ्चालकको समेत खोजी भइरहेको जनाइएको छ ।
यस्तै नेपालमा नखुल्ने गरि बन्द गरिएका अनलाइन पोर्टलहरु निम्न रहेका छन् ।




