चैत १२, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले केही दिन यता विदेशबाट आएका व्यक्तिको सूचना दिन सम्बद्ध सबैसँग आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम नहोस् भन्ने उद्देश्यले तत्काल विदेशबाट आएका व्यक्तिबारे सूचना दिन आग्रह गरिएको तारकेश्वर नगरपालिकाका वडा नं. ३ का अध्यक्ष मनोहरी तिवारीले जानकारी दिनुभयो ।
विदेशबाट आएका व्यक्ति पनि स्वास्थ्य परीक्षण गरी आफूमा सङ्क्रमण भए नभएकोबारे ढुक्क बन्न सक्ने र यसले आफन्तजन एवम् साथीभाइलाई पनि कुनै सन्देह नहुने भएकाले नगरपालिकाले उनीहरूका सम्बन्धमा जानकारी लिन लागेको उहाले बताउनुभयो । तारकेश्वर नगरपालकिाका ११ वडाका वडा अध्यक्षले विज्ञप्ती निकालेर जानकारी दिनुहुन अनुरोध गरिएको छ ।